सरोकार सहकारी

सरोकार बचत तथा ऋण सहकारी संस्था लि.
रामनगर भुटाहा,सुनसरी

परिचय- सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस सरोकार वचत तथा ऋण सहकारी संस्था लि., नेपाल सरकारबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त एक वित्तीय संस्था हो । यसको प्रधान कार्यालय रामनगर भुटाहा–५, सुनसरीमा अवस्थित छ । संस्थामा दक्ष तथा शिक्षित युवाहरुको बढि संगलग्नता रहेकोले संस्था अतिनै ध्रुत गतिमा अग्रसर भईरहेको देखिन्छ ।
संस्थाको मुख्य उद्देश्य भविष्यमा एउटा सफल र अनुकरणीय वित्तीय संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउनु हो । जसले आफ्ना सदस्यहरुको आर्थिक स्थितिलाई मात्र सुदृढ नगरी एउटा स्वस्थ्य समाज निर्माण कार्यलाई आफ्नो मूल लक्ष्य बनाएको छ । र यसको लागि संस्थाले अनैतिक तथा असामाजिक र जीवनलाई क्षति पु-याउने क्षेत्रमा आफ्नो निक्षेप र कर्जा प्रवाहलाई पूर्णरुपले रोक लगाएको छ।

सरोकार बचत तथा ऋण सहकारी संस्था नै किन?
१. आफूलाई परिवार, समाज र देश प्रति माया र साँचो प्रेम हुने ब्यक्ति जस्ले समाज र देशको वास्तविक उन्नति र विकास गर्न र समाजमा रहेका असामाजिक, अमानविक, अनैतिक कार्यहरुको बिरुद्धमा एक्य बद्द भई निर्मूल पार्न र एउटा स्वस्थ्य समाजको निर्माण गर्न ।
२. शेयर सदस्यहरुको महत्व, मूल मान्यता र सहकारीको अवधारणालाई मुख्य रुपले अंगाल्दै बढि भन्दा बढि सुविधा प्राप्त गर्नका लागि।
३. आफूले संस्थामा राखेको रकम उचित ठाउँ र उचित कार्यमा लगानि भए नभएको र भोलिका दिनमा संस्थालाई अझ सबल, सफल र थप सेवा केन्द्रका ब्यवस्थासाथ सेवा प्रदान गर्ने योग्य बनाउन।

सरोकार शेयर, निक्षेप र ऋण योजनाहरु
विद्यमान प्रतिस्पर्धात्मक वित्तीय क्षेत्रमा शेयर सदस्यहरुलाई आकर्षक सेवा प्रदान गर्ने गरी निम्न बमोजिमका शेयर योजना, निक्षेप योजना, कर्जा सुविधा र रेािटान्स सेवा तथा कर्मचारी योजनाहरु ल्याइएको छ ।

(१) सरोकार शेयर योजना
सरोकार शेयर योजना अन्तर्गत संस्थाको सदस्य बन्न चाहने इच्छुक ब्यक्तिले श्रावण महिना भित्रमा निवेदन दस्तुर, प्रवेश शुल्क र प्रति कित्ता शेयर रु १०० तिरी सदस्य बन्न सक्ने छन्। यसरी संस्थाको शेयर सदस्य बने पछि बार्षिक शेयर लाभाशं, कर्जा सुविधा लगायत अन्य सुविधाहरु प्राप्त गर्न सकिन्छ।
(क) सरोकार मासिक शेयर बचत योजना
शेयर सदस्यहरुले सरोकार शेयर बचत योजना अन्तर्गत मासिक रुपमा रु १०० देखि १००० सम्म मासिक रुपमा जम्मा गर्दा संस्थाले कूल रकमका २० प्रतिशत बोनसका साथ शेयर खातामा जम्मा गरिदिने छ।
(ख) शेयर सदस्य सहयोग कोष
सदस्यको शेयर रकम कम्तिमा ५०००० वा सो भन्दा बढी भए एक्सिडेन्टल मृत्यू प्रमाणित भएको खण्डमा जम्मा शेयर रकमको ५० प्रतिशत सहयोग स्वरुप परिवारलाई प्रदान गरिने छ।
(ग) शेयर सदस्य मेडिकल सहयोग योजना
सदस्यको शेयर रकम कम्तिमा २५००० वा सो भन्दा बढी भए स्वरुप शेयर रकमको ५ प्रतिशत रकम सम्मको मेडिकल सहयोग प्रदान गरिने छ। तर हाललाई यो याजना लागु भएको छैन।

(२) बचत योजनाहरु-
०१. बाल शैक्षिक बचत योजना
०२. दैनिक बचत योजना
०३. मासिक बचत योजना
०४. वार्षिक बचत योजना
०५. आवधिक बचत योजना
०६. साद्यारण बचत योजना
०७. विशेष बचत योजना
०८. ब्याज बचत योजना
०९. हज बचत योजना
१०. महर बचत योजना
११. वक्फ बचत योजना
१२.सद्का जम्मा योजना
१३. जकात जम्मा योजना
१४. फित्रा जम्मा योजना
(३) कर्जा सुविधा तथा योजनाहरु-
०१. मुदारबा ब्यापारिक कर्जा
०२. माइक्रोक्रेडिट लोन
०३. शर्ट टर्म कर्जा
०४. लंग टर्म कर्जा
०५. होम (घर) लोन
०६. सर्विस लोन
०७. गरिबी निवारण कर्जा
०८. शिक्षा कर्जा
०९. बैदेशिक रोजगार कर्जा
१०. सामाजिक कर्जा
११. सरोकार कर्मचारी कर्जा
१२. सेक्युर लोन
१३. ईन्सिट्यूश्नल लोन
१४. कर्दे अहसन लोन
(४) रेमिटान्स सेवा
आइ. एम. ई, सिटी एक्सप्रेस, हिमाल रेमिट, प्रभु मनि ट्रान्सफर, समसरा मनि ट्रान्सफर, सेवा मनि ट्रान्सफर, एभरेष्ट रेमिट, वेस्टर्न युनियन, सिद्घार्थ रेमिट, पृथ्वाी रेमिट, सेन्चुरी रेमिट, आई.पे.रेलाइबल, बेस्ट रेमिट, सी.जी. मनि, मेगा रेमिट, कुमारी रेमिट,सुर्योदय रेमिट, सुलभ रेमिट, आदि द्वारा बिदेशबाट आएको रकमको भुक्तानी छिटो छरितो रुपमा दिने गरिन्छ।
(५) कर्मचारी योजना
(क) कर्मचारी संचय कोष
सरोकार कर्मचारीहरुका लागि कर्मचारी संचय कोषको ब्यवस्था २०७२ श्रावण देखि लागु गरीएको छ।
(ख) सरोकार कर्मचारी लोन
सरोकार कर्मचारीहरुका लागि कर्मचारी लोन योजना अन्तर्गत वार्षिक १२ प्रतिशत नाफा लाग्ने गरी कर्जा सुविधा उप्लब्ध गराइने भएको छ।
समाजिक उत्तरदायित्व ९ऋक्च्०
समाज प्रतिका आफ्नो उत्तरदायित्वलाइ मद्यनजर राख्दै संस्थाले सामाजिक कार्य तथा विकासका लागि एउटा छुट्टै सि.एस.आर. कोष को नाममा खडा गरी सामाजिक कार्यहरु गर्ने छ।

सम्पर्क

सरोकार बचत तथा ऋण सहकारी संस्था लि.
रामनगर भुटाहा, सुनसरी
सम्पर्कः फलाही मिनि मार्केट, भुटाहा बाजार (पश्चिम पट्टि) ९८१५३०५१५३, ९८४२५७०६१२, ९८१७३४३०४१, ९८०७३२१३९५, ९८०८४३०३५७, ९८०२७५०१५१, ईमेल-sarokarcooperative@gmail.com, Skype:sarokarcooperative

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: